गणपति लघुवित्तको आइपिओ खुल्यो, १० कित्ता भन्दा बढी आवेदन बेकार
काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले बैशाख ९ गते सोमबारदेखि सर्वसाधारणमा साधारण शेयर (आईपिओ) जारी गरेको छ। कम्पनीले ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता आईपिओ निष्काशन गरेको हो ।
कम्पनीले निष्काशन गर्ने कुल तीन लाख ३५ हजार कित्ता शेयरमध्ये तीन लाख १३ हजार ७५ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । पाँच हजार १७५ कित्ता लघुवित्तका कर्मचारीहरुलाई र १६ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्टाइएको छ ।
लघुवित्तले निष्काशन गर्ने आईपिओमा मेरो शेयर तथा सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै बैशाख १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ ।
आईपिओमा न्यूनतम १० देखि एक हजार ५०० कित्तासम्म शेयर माग गर्न सकिन्छ । यद्यपी धितोपत्र निष्काशन तथा बाँडफाँड निर्दे्शिका अनुसार शेयर बााडफाँड गर्दा यस निष्काशनमा लगानीकर्ताले १० कित्ता शेयर नै गोलाप्रथाबाट प्राप्त गर्नुपर्ने अवस्था रहने हुनाले एक हजार रुपैयाँको आवेदन नै प्रयाप्त हुन्छ ।
माइक्रोफाइनान्सले एनआईबिएल एस क्यापिटल मार्फत जारी पूँजीको ३२.३७ प्रतिशत पूँजी सर्वसाधारणबाट संकलन गर्न लागेको हो। बाँकी ६७.६३ प्रतिशत पूँजी भने लघुवित्तको संस्थापक शेयरधनीहरुको तर्फबाट चुक्ता भैसकेको छ ।
माइक्रोफाइनान्सको आईपिओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर नेपाललले ’केयर एनपी आईपिओ ग्रेड ४’ प्रदान गरेको छ । यसले लघुवित्तको स्तर औसतभन्दा तल आधार रहेको बुझाउँछ। ग्रेड १ ले सबैभन्दा बलियो जनाउँछ भने सोभन्दा मुनिको अंकले क्रमश कम आधार बुझाउँछ ।
हाल ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको आईपिओ निष्काशन पश्चात १० करोड २५ लाख रुपैयाँ पुग्नेछ ।
नेपाल धितोपत्र बोर्डले गणपतिलाई चैत ७ गते आईपिओ निष्काशन गर्न अनुमति दिएको थियो ।