अर्थ शेयर

करेक्सनपछि नेप्से पुनः उकालो लाग्दै, सुधारउन्मुख बजारमा कारोबार रकम भने ४० प्रतिशतले घट्यो

करेक्सनपछि नेप्से पुनः उकालो लाग्दै, सुधारउन्मुख बजारमा कारोबार रकम भने ४० प्रतिशतले घट्यो

काठमाडौं । नयाँ वर्ष शुरुभएता निरन्तर उकालो लागेको शेयर बजार सोमबारको सामान्य करेक्सनपछि पुनः उकालो लागेको छ । सोमबार ७.२६ अंकले घटेको नेप्सेमा मंगलबार ३.७४ अंकको सुधार आएको हो । 

 

क्रमिक सुधारउन्मुख देखिएको शेयर बजारमा मंगलबारको कारोबारमा झण्डै ४० प्रतिशतको  गिरावट आएको छ । मंलबार १८ लाख एक हजार ५२२ कित्ता शेयर किनबेच भएको बजारमा जम्मा ६१ करोड ४१ लाख ४७ हजार ४११ रुपैयाँको मात्र कारोबार भएको छ । सोमबार घट्दो बजारमा अर्ब माथिको कारोबार भएको थियो ।  

 

सोमबारको करेक्सनले पनि आज कारोबार रकम ह्वात्तै घटेको एक ब्रोकरले बताए। लगानीकर्ताले नाफा बुक गर्न खोजे पनि बजारमा पेनिक सेल नहुँदा अन्तिम समयमा सूचक ३.७४ अंकले सुधार भएको छ।  

मंगलबार नेप्से सूचक ०.३० प्रतिशतले सुधार भएर १२६०.६८ अंकमा कायम भएको छ । आज सेन्सेटिभ इन्डेक्स समेत ०.३३ प्रतिशतले वृद्धि हुँदै २७२.२७ अंकमा पुगेको छ । 


मंगलबार बाणिज्य बैंक, विकास बैंक, निर्जीवन बीमा, फाइनान्स र उत्पादन तथा प्रशोधनको उपसूच सुधार देखिए भने बाँकी सूचकहरु घटेका छन्। 

यस दिन सबैभन्दा धेरै छिमेक लघुवित्त वित्तीय संस्थाको ४ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ। 

 

एभरेष्ट इन्स्योरेन्सको बढ्ने क्रममा सर्किट लाग्दा ३५ रुपैयाँले बढेको छ। घलेम्दी हाइड्रोपावरका शेयरधनीहरुले अधिकतम ४.७९ प्रतिशतले गुमाएका छन्। मंगलबार ६५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ वटा कम्पनीको घटेको छ।

शेयर बजार

विशेष