अपराध सुरक्षा

जेल चलान भए दाइजो नपाएर श्रीमतीको हत्या गर्ने डाक्टर

जेल चलान भए दाइजो नपाएर श्रीमतीको हत्या गर्ने डाक्टर

पर्सा : दाइजो कम ल्याएको भनी निर्मम यातना दिएको समयमा मृत्यु भएकी सुनिता यादवका श्रीमान् नारायणी अस्पताल वीरगन्जमा कार्यरत डा. सचितानन्द (एसएन) यादव पूर्वक्षका लागि कारागार चलान भएका छन्। 

डा. यादवलगायत परिवारका सदस्यले समेत निर्मम यातना दिएकै समयमा सुनिताको मृत्यु भएपछि सोही अभियोगमा कर्तव्य ज्यान मुद्दा खेपिरहेका नारायणी अस्पताल वीरगन्जमा कार्यरत डा. यादव सोमबार कारागार चलान भएका हुन्।

पर्सा प्रहरीले नियन्त्रणमा लिएर आइतबार पर्सा जिल्ला अदालतमा पेश गरे पनि दुई दिनदेखि चलिरहेको थुनछेक बहस सोमबार मात्र सकिएपछि अदालतका जिल्ला न्यायधिश चन्द्रकान्त पौडेलको थुनछेक आदेशबाट डा. यादव कारागार चलान भए।

उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ नम्बर बमोजिम पुर्पक्षको लागि थुनामा राख्ने आदेश भएको पर्सा जिल्ला अदालतका सूचना अधिकारी भोलानाथ धमलाले बताए।

जेल चलान डाक्टर

विशेष