अपराध सुरक्षा

युनाइटेड फाइनान्सका सिइओ मिश्र फरार प्रतिवादी 

युनाइटेड फाइनान्सका सिइओ मिश्र फरार प्रतिवादी 

काठमाडौं । गत सातादेखि युनाइटेड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नियुक्त भएका अजयकुमार मिश्र प्रहरीको फरार प्रतिवादी भएको खुलेको छ । 

 

हालै मात्र जनता बैंकको डेपुटी सिइओबाट अवकाश पाएका मिश्र त्यसअघि सिद्धार्थ डेभलपमेन्ट बैंकमा थिए । जनता बैंकसँग २ वर्षअघि मर्ज हुनुअघि उनी उक्त डेभलपमेन्ट बैंकको सिइओ थिए । त्यही बेला उनले बैंकको तीनकुने शाखाकी तत्कालीन प्रबन्धकलगायतसँग मिलेर इचंगुनारायणको भिरको जग्गाको जग्गाधनी फेरेर कृष्ण चौधरीको नाममा किर्ते कर्जा प्रवाह गरेको आरोप लगोको थियो । 

 

जनता बैंकसँग मर्ज गरेपछि उक्त लफडा सल्टिने आसमा डेपुटी सिइओ बनेपछि पनि आरोपको स्वर झन बढेपछि जनता बैंकले प्रहरीलाई आवश्यक अनुसन्धानका लागि सम्पूर्ण कागजातसहित गुहारेको थियो । प्रहरीले लामो समय लगाएर गरेको अनुसन्धानबाट मिश्रलगायत तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैंकका झण्डै आधा दर्जन कर्मचारीलाई फरार प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । 

 

जनआस्था साप्ताहिकबाट
 

विशेष