अर्थ शेयर

साताको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको सुधार, एकै दिन झण्डै डेढ अर्बको कारोबार

साताको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको सुधार, एकै दिन झण्डै डेढ अर्बको कारोबार

काठमाडौं। पछिल्ला दिनहरुमा शेयर बजारमा हरियाली छाउन थालेको छ । बीचका केहि कारोबार दिनहरुमा समान्य करेक्सन आएपनि बजारले गति लिदा नेप्सेको अंक र कारोबार रकम दुबैमा उछाल आएको हो ।  


साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा दोहोरो अंकको सुधार आउदा एकै दिन एक अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको छ। 

यस दिन बैंकिङ क्षेत्रमा तरलता अभावसँगै बैंक व्याजदर नघट्दासमेत बजारमा भने तरलता देखिएको छ। दोस्रो बजारमा लगानीकर्ताहरु माझ शेयर बजार बढ्ने व्यापक माहौल सृर्जना भएसँगै कारोबार रकम र सूचकमा सुधार हुँदै गएको बजार विश्लेषकहरुले बताएका छन् । 

 

बिहीबार शेयर बजार एक प्रतिशतले सुधार भएर १२९२.१२ विन्दुमा रोकिएको छ। यस दिन नेपाल बैंकको शेयर सबैभन्दा धेरै १८ करोड रुपैयाँको कारोबार भएको छ। त्यस्तै एनसिसी बैंकको सात करोड ३० लाख रुपैयाँको कारोबार भएको छ। दुई महिना अगाडि दोस्रो बजारमै १८र१९ करोड रुपैयाँको कारोबार हुँदै आएकोमा आज नेपाल बैंकको १८ करोड रुपैयाँको कारोबार भएको हो। 

 

बिहीबार एभरेष्ट इन्स्योरेन्स र कृषि विकास बैंकको कारोबार अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ। एभरेष्ट इन्स्योरेन्सको ४२ रुपैयाँले बढेर ४६९ रुपैयाँ पुगेको छ। अधिकतम बढ्ने क्रममा विगत चार दिनदेखि कम्पनीको शेयरमा सर्किट लाग्दै आएको छ। त्यस्तै कृषि विकास बैंकको ३४ रुपैयाँले बढेर ३८८ रुपैयाँ पुगेको छ। 

 

समग्र शेयर बजार सुधार हुँदै गर्दा तारागाउँ रिजेन्सीको भने घट्ने क्रममा सर्किट लागेको छ। आज सबैभन्दा धेरै बाणिज्य बैंकहरुको ७० करोड १८ लाख रुपैयाँको कारोबार भएको छ।

शेयर बजार

विशेष