अर्थ

मदिराले धानेको राजस्व

मदिराले धानेको राजस्व

काठमाडौं । आन्तरिक राजश्‍व भरतपुरले संकलन गर्ने राजश्‍वमा अधिकांश हिस्सा मदिराले धानेको देखिएको छ। चितवन र नवलपुर कार्यालय हेर्ने यस कार्यालयले उठाउने राजश्‍वमा वियर र मदिराको हिस्सा ८७ प्रतिशत देखिएको हो।  

कार्यालयकाअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म संकलित कुल राजश्‍व २० अर्ब चार करोडमा १७ अर्ब १७ करोड राजश्‍व मदिरा र वियरबाट उठेको छ। ती उद्योगले मूल्यअभिवृद्धिकर, आयकर लगायतको राजश्‍व तिर्दै आएका छन्।

कुल संकलन भएको राजश्‍वमध्ये पनि मदिराभन्दा धेरै वियरको हिस्सा रहेको छ। यस कार्यालयअन्तर्गत यति, माउन्ट एभरेष्ट, सेर्पा, सिजी लगायततका ब्रुअरी पर्दछन्। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो। 

मदिरा राजस्व

विशेष