अर्थ

बन्द भए चिनी मिल, किसानले एक रुपैयाँ पनि पाएनन्

बन्द भए चिनी मिल, किसानले एक रुपैयाँ पनि पाएनन्

सर्लाही । उखु खरिद गरेको पैसा भुक्तानी नगरी सर्लाहीका चिनी मिल यो सिजनका लागि बन्द भएका छन् । मिल बन्द भएपछि जिल्लाको दक्षिणी भेगका किसान निराश छन् ।

स्थानीय अन्नपूर्ण चिनी उद्योग धनकौल पश्चिम वैशाख ३ गते र महालक्ष्मी चिनी उद्योग बगदह वैशाख ६ गते यो वर्षको उखु पेलि सकेर बन्द भएका हुन् । अन्नपूर्णले नौ लाख सात हजार ६९२ क्विन्टल र महालक्ष्मीले ११ लाख २७ हजार ३९५ क्विन्टल उखु पेलेका छन् । यी दुवै उद्योगले यस वर्ष किसानलाई एक रुपैयाँ पनि भुक्तानी गरेका छैनन् ।

क्रसिङ सिजन बन्द गर्ने अन्तिम सूचना निकालेको उत्तरी भेगको पूर्व–पश्चिम राजमार्गस्थित इन्दुशङ्कर चिनी उद्योग हरिवनले हालसम्म ३४ लाख ७० हजार क्विन्टल उखु पेलेको छ । यो उद्योग पनि दुई–चार दिन सञ्चालन गरेर बन्द गर्ने तयारी छ । माघ पहिलो सातादेखि उखु पेल्न सुरु गरेको इन्दुशङ्करले किसानलाई माघभरको झण्डै ४५ करोड आठ लाख रुपियाँ भुक्तानी गरेको उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिए। यो खबर आजको गोरखापत्रबाट लिइएको हो।

उखुको मूल्य चिनी मिल

विशेष