अर्थ बैंकिङ

 एनआईसी एशियाले गर्यो एकै दिन ५ शाखा विस्तार 

 एनआईसी एशियाले गर्यो एकै दिन ५ शाखा विस्तार 

काठमाडौं । एनआईसी एशिया बैंकले एकै दिन ५ नयाँ शाखा विस्तार गरेको छ । ग्रामिण तथा दुर्गम क्षत्रहरुमा समेत द्रुत्तर बैंकिङ्ग सेवा विस्तार गर्ने लक्ष्यका साथ बैंकले काठमाडौं उपत्यकासहित बारा जिल्लाको फेटामा ५ नयाँ शाखा संचालनमा ल्याएको हो । 


बैंकका नयाँ साखा कार्यालयहरु एकै दिन बैशाख ११ गते उद्घाटन भएका छन् । 

बैंकले आफ्नो नयाँ शाखाहरु मध्यपुर थिमी नगरपालिका वडा नं. ६ भक्तपुर स्थित पुरानो थिमीमा एक शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालय सोही वडाका वडा अध्यक्ष ईन्द्र बहादुर प्रजापतिद्धारा उद्घाटन गरिएको छ । 


त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिका गोठाटारमा बैंकको अर्को शाखा स्थापना गरिएको छ । यस शाखाको उद्घाटन कृष्णहरि थापाले गरेका हुन् । यता सूर्यविनायक नगरपालिका वडा नं २ बालकोट शाखाको सोहि वडाका वडा अध्यक्ष कमल नाथ आचार्यले गरे । 

बैंकको अर्को शाखा चद्रांगिरी नगरपालिका वडा नं. ११ सतुंगलचोक स्थित सतुंगलचोकमा चन्द्रांगिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीद्धारा उद्घाटन गरिएको छ । 

 

उता बारा जिल्लामा भने फेटा गाउँपालिका वडा नं. ३ फेटामा बैंकको नयाँ  शाखा खोलिएको छ । यस कार्यालयको उद्घाटन बैंकले फेटा गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादबाट गराएको हो । 

 

हाल एनआईसी एशिया तिव्र साखा विस्तार गर्ने र उच्च आर्थिक कारोबार गर्ने कमर्सियल बैंकको रुपमा अगाडि आएको छ । यो बैंकले मुलुकभरका २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । 

एनआईसी एशिया बैंक

विशेष