अर्थ शेयर

रसुवागढी हाइड्रोपावर र सान्जेनका शेयर आवेदकहरुको हात खालि नहुने, न्युनतम ३० देखि ४० कित्ता अनिवार्य

रसुवागढी हाइड्रोपावर र सान्जेनका शेयर आवेदकहरुको हात खालि नहुने, न्युनतम ३० देखि ४० कित्ता अनिवार्य

काठमाडौं। रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत आयोजनामा आवदेन दिनेहरुको हात खालि नहुने भएको छ । यी दुई कम्पनीले आफ्नो आईपोकोमा परेका सबै आवेदकमा न्युनतम १० कित्ता देखि ३० कित्ता सम्म शेयर वितरण गर्न लागेको हो ।  

 

जस अन्तरगत रसुवागढी हाइड्रोपावरमा आवदेन दिनेहरुले न्युनतम ३० कित्ता र अधिकतम ४० कित्ता शेयर पाउने छन् भने सान्जेन जलविद्युतको आइपिओमा न्युनतम १० कित्ता र अधिकतम २० कित्तासम्म शेयर पाउने छन् । 

 

रसुवागढीको प्राथमिक शेयरमा तीन लाख दुई हजार ५८१ जनाले एक करोड ७१ लाख कित्ताको लागि आवेदन दिएका छन्। कम्पनीले सर्वसाधारणको लागि ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर निष्काशन गरेको थियो।

आवेदन दिने जति सबैले क्रमशः ३० कित्ताका दरले शेयर बाडभाड गरिने छ । त्यसबाट बाँकी रहन आउने दुई लाख ६२ हजार कित्ता शेयर पुनः लक्की ड्र मार्फत २६ हजार २०३ जनालाई १० कित्ताको दरले शेयर थपिने कम्पनीले जनाएको छ । 

 

यता सान्जेन जलविद्युतको प्राथमिक शेयरमा तीन लाख ५२० जनाले एक करोड ३१ लाख कित्ताको लागि आवेदन परेको छ। कम्पनीले सर्वसाधारणको लागि ४९ लाख ८२ हजार २५० कित्ताको शेयर निष्काशन गरेको थियो।

आवदेन दिने जति सबैले १० कित्ता अनिवार्य पाउने छन्। आवेदन दिने जति सबैलाई १० कित्ता शेयर बाँडफाँड गरे पछि बाँकी रहेको १९ लाख ७७ हजार कित्ताको लागि एक लाख ९७ हजार जनाले थप १० कित्ता शेयर पाउन सक्ने छन्।

 

कम्पनीले न्युनतम १० कित्ताको लागि आवदेन दिने व्यवस्था गरेको हुँदा थप १० कित्ता शेयर पाउनेको संख्या बढ्न सक्नेछ। कम्पनीले यस अगाडि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, ऋणदाता संस्थाका कर्मचारीरुको लागि शेयर बिक्री गरिसकेको छ।

यस अगाडि शेयर खरिद गरिसकेकाले सर्वसाधारण तर्फको शेयर पाउदैनन्। दोहोर्याएर आवदेन दिएका शेयरधनीहरुलाई हटाउदा थप १० कित्ता शेयर पाउने सम्भावना बढ्नेछ।  

 

मेरो शेयरम समस्या देखिएको भन्दै केही व्यक्तिले नेपाल धितोपत्र बोर्डमा गएर गुनासो गरेपछि बोर्डले थप दुई दिनका लागि सयम थप गरेको थियो।

दुबै आयोजनाले दुई दिन समय थप गर्दा आवदेन दिनेको संख्या ३६ हजारले थप भएका छन्। 
 

शेयर बजार

विशेष