अर्थ

पुरुषको तुलनामा ३० प्रतिशत कम तलब पाउँछन् महिला

पुरुषको तुलनामा ३० प्रतिशत कम तलब पाउँछन् महिला

काठमाडौं । नेपालमा पुरुषको तुलनामा महिलाले ३० प्रतिशत कम तलब पाउने गरेको भेटिएको छ। केन्द्रीय तथ्यांक विभागको घरपरिवार सर्वेक्षण शाखाले निकालेको प्रतिवेदनले महिलाले पुरुषको तुलनामा कम तलब पाउने गरेको पाइको हो।

प्रतिवेदनमा महिलाले पुरुषको तुलनामा ५ हजार आठ सय ३४ रुपैयाँ कम तलब प्राप्त गर्ने गरेको उल्लेख गरिएको छ। नेपालमा रोजगारीमा रहेका र तलब ज्याला प्राप्त गर्नेहरूको औषत आम्दानी १७ हजार रहेको छ। यसैलाई आधार मानेर तथ्यांक विभागले महिला र पुरुषबीचको तलब असमान्ताको तुलना गरेको हो।

उक्त औषत मासिक आम्दानीलाई आधार मान्दा पुरुषले १८ हजार ४६४ रुपैयाँ मासिक रूपमा ज्याल तथा तलब प्राप्त गर्छन् भने त्यही महिलाले प्रतिमहिना १३ हजार ६३० रूपैयाँ मात्रै प्राप्त गर्ने गरेका छन्। यो पुरुषको भन्दा पाँच हजार ८३४ रूपैयाँ अर्थात् ३० प्रतिशतले कमी हो।

त्यस्तै, नेपालमा महिलाले भन्दा पुरुषले बढी समय काममा सक्रिय हुने गरेका छन्। शुक्रबार जारी गरेको उक्त तथ्यांकमा प्रायः नेपालीले काम गर्ने समय हप्तामा ४४ घण्टा रहने गरेको उल्लेख छ। जसमध्ये पुरुषले ४८ घण्टा काम गर्छन् भने महिलाले ९ घण्टा कम अर्थात् ३९ घण्टा मात्रै काम गर्छन्।

मासिक तलब महिला पुरुष तलब

विशेष