अर्थ शेयर बैंकिङ

नबिल बैंकले दुई अर्ब बराबरको ऋणपत्र निष्काशन गर्दै

नबिल बैंकले दुई अर्ब बराबरको ऋणपत्र निष्काशन गर्दै

काठमाडौं । नबिल बैंकले दीर्घकालीन लगानी स्रोत जुटाउन दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। सात वर्ष अवधिको उक्त ऋणपत्रमा बैंकले वार्षिक दश प्रतिशतका दरले अर्धवार्षिक रुपमा भुक्तानी गर्ने जनाएको छ।

 

ऋणपत्र निष्काशन गर्न बैंकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

चैत १८ गते उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र लक्ष्मी क्यापिटल मार्केटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन्।

 

बैंकले प्रति कित्ता एक हजार रुपैयाँका अंकित दरका २० लाख युनिट ऋणपत्र बिक्री गर्नेछ। निष्काशित ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात ८० करोड बराबरको ८ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब २० करोड बराबरको १२ लाख युनिट ठूला तथा संस्थागत लगानीकर्ताहरुलाई व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।


वार्षिक दश प्रतिशतका दरले अर्धवार्षिक रुपमा सात वर्षसम्म ब्याज पाइने हुनाले दीर्घकालीन लगानीको रुपमा पनि ऋणपत्र उपयुक्त अवसर हुने बताइएको छ।

नबिल बै‌‌क

विशेष