अर्थ शेयर

नेप्सेमा सामान्य करेक्सन, ४.२१ अकंले घट्दा अर्ब माथिको कारोबार

नेप्सेमा सामान्य करेक्सन, ४.२१ अकंले घट्दा अर्ब माथिको कारोबार

काठमाडौं । सोमबार शेयर बजारमा सामान्य करेक्सन देखिएको छ । धेरै कम्पनीको शेयरमा नाफा सुरक्षित गर्नेहरु सक्रिय हुँदा बजारमा ४.२१ अंकको करेक्सन आएको हो । आज शेयर बजारमा सामान्य गिरावट आएपनि कारोबार रकममा भने अर्ब माथि पुगेको छ ।  

 

केही दिनदेखि बढिरहेको बजारमा सोमबार आएको करेक्सनसँगै बजार परिसुचक नेप्से १३१०.३१ अंकमा अडिएको छ । आज ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन  सेन्सिेटिभ इण्डेक्स समेत १.०१ अंकले घटेर २८१.८४ अंकमा झरेको छ ।

 

सोमबार १७४ कम्पनीका ३० लाख १६ हजार कित्ता शेयरहरु १ अर्ब १९ करोड ७७ लाख रुपैंयामा किनबेच भएका छन् । आइतबार एकै दिन १ अर्ब ६७ करोडको शेयर कारोबार भएकोमा सोमबार भने झण्डै ३८ करोडले कारोबार रकम घटेको हो । यद्यपी विगतमा बजार घट्दा सानो आकारको मात्र कारोबार रकम देखिने गरेकोमा सोमबारको रकमले लगानीकर्ताको सक्रियता बढ्दै गएकामे देखाउँछ ।

 

यस कारोबार दिन वाणिज्य बैंक समुहमा आएको ७.८ अंकको गिरावटले बजारलाई करेक्सन गराउन महत्वपूर्ण भूमिका खेलेको छ । योसँगै विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा र लघुवित्त समुहमा गिरावट आएको छ ।

जीवन बीमा समुहमा धेरै सुधार आएको बजारमा व्यापार, होटल, उत्पादन तथा अन्य समुहका सूचकहरु उकालो लागेका छन् ।

 

नेपाल लाइफ इन्स्योरेन्सले लाभांस प्रस्ताव पारित गर्न साधारण सभा बोलाएसँगै धेरै शेयर कारोबार भएको छ । नेपाल बैंक, प्रभु बैंक, नेको इन्स्योरेन्स, एनआईसी एशिया बैंक, नेशनल लाइफ, एनएमबी, प्राइम लाइफ, सानिमा बैंक र सिद्धार्थ बैंक धेरै शेयर कारोबार हुने शिर्ष १० कम्पनीमा परेका छन् ।

 

बजारमा करेक्सन देखिँदै गर्दा ४९ कम्पनीको शेयर मूल्य बढेको छ भने केही कम्पनीको स्थिर हुँदा बाँकी रहेका कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।

शेयर बजार

विशेष