शेयर बजार क्रमशः उकालो लाग्दै, बुधबार २.०१ अंकको सुधार हुुँदा ५४ करोडको कारोबार

काठमाडौं । लामो समयसम्म नाजुक अवस्थामा गुज्रीयको सेयर बजारले केहि दिन यता भने सुधारको संकेत देखाएकोे छ । गत हप्तादेखि सुधारउन्मुख देखिएको बजार क्रमशः उकालो लाग्दा बुधबार नेप्सेमा २.०१ अंकको सुधार देखियो ।
बुधबार २.०१ अंकले बढेको नेप्से परिसूचक ११६५.८४ बिन्दुमा कायम भएको छ । मंग्गलबार नेप्सेमा १३.७२ अंकले सुधार आएको थियो । आज नेप्सेमा सामान्य सुधार भएपनि कारोबार रकम भने बढेको छ ।
यस दिन १७० कम्पनीका २० लाख २९ हजार १५ कित्ता शेयर ५४ करोड ५८ लाख रुपैयाँमा कारोबार भयो। मंगलबार ५० करोड ८ लाख रुपैयाँको कारोबार भएको थियो।
यस दिन कारोबारमा आएका १० उपसमूह मध्ये विकास बैंक र वाणिज्य बैंक समुहको सूचकमा मात्रै सुधार आएको छ। विकास बैंक ६.११ र वाणिज्य बैंक ४.५३ अंकले बढेका छन्।
बुधबार होटल समुहको सुचक सबैभन्दा धेरै १५.८१ अंकले घटेका छन् । त्यस्तै निर्जीवन बीमा ६.६१, उत्पादन तथा प्रशोधन ५.१२, हाइड्रोपावर ३.९६, जीवन बीमा ३.८३, माइक्रोफाइनान्स २.३९, फाइनान्स २.०३ र अन्य समुहको सुचक ०.३९ अंकले ओरालो लागेका छन्।
मंगलबार बैंकिङ्ग समूहले पाएको सफलता यस दिन पनि निरन्तरता पाएको छ । आज बैंकिङ्ग समुहले मात्रै २४ करोडको कारोबार गरेका छन् ।
बुधबार कुल ५४ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको बजारमा बैंकिङ्गको मात्रै २४ करोड २१ लाख भन्दा बढीको कारोबार भएको छ । मंगलबार पनि बैंकिङ्गको मात्रै २० करोड भन्दा माथिको कारोबार भएको थियो।
यस दिन एनआइसि एशिया बैंकको शेयर सबै भन्दा धेरैको कारोबार भएको छ। एनआइसी एशियाको ४ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। यस्तै एनसीसी बैंकको शेयर पनि ४ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भयो।
यस्तै नेपाल बैंकको २ करोड ९४ लाख, एनएमबि बैंकको २ करोड १४ लाख, प्राइम कमर्सियल बैंकको १ करोड ९७ लाख, सिभिल बैंकको १ करोड ९० लाख, नेपाल बंगलादेश बैंकको १ करोड ८३ लाख, प्रभु बैंकको १ करोड ७९ लाख, माछापुच्छ्रे बैंकको १ करोड ५८ लाख र सिद्धार्थ बैंकको १ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएका छन्।
यता नेपाल इन्स्योरेन्सको शेयरधनीले कमाउँदा युनिभर्सल पावरको शेयरमूल्यमा भने नेगेटिभ सर्किट लागेको छ ।
बुधबारको बजारबाट नेपाल इन्स्योरेन्सका शेयरधनीले सबैभन्दा धेरै ४.६४ प्रतिशतले कमाएका छन् भने युनिभर्सल पावरको शेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ।
युनिर्भसल पावरको चैत १० गते कारोबार खुलेदेखि नै शेयरमूल्य निरन्तर घट्दै आइरहेको छ। कम्पनीको शेयरमूल्य ९.८४ प्रतिशतले घटेर ११९ रुपैयाँमा झरेको हो।
कन्काई विकास बैंकको शेयरमूल्य ४.१३ र लक्ष्मी इक्वीटी फण्डको इकाईमूल्य ३.८८ प्रतिशतले बढेको छ।
यस्तै स्वदेशी लघुवित्त, सांग्रिला विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, खानीखोला हाइड्रोपावर, ग्लोबल आइएमई लघुवित्त, एनआइसी एशिया बैंक र एनसीसी बैंकको शेयरधनीहरुले २ प्रतिशतभन्दा बढीले कमाएका छन्।
उता सिन्धु विकास बैंकको शेयरधनीले ४.९२ प्रतिशतले गुमाउँदा घलेम्दी हाइड्रो शेयरधनीले पनि ४.६३ प्रतिशतले गुमाएका छन्।
यस्तै हिमालयन पावर पार्टनर, भार्गव विकास बैंक, एनआईबिएल समृद्धि फण्डको इकाई मूल्य, सपोर्ट माइक्रो फाइनान्सको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले ओरालो लागेको छ ।
शेयर बजार