त्रिभुवन विमानस्थलबाट फेरि समातियो ६ किलो सुन

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अबैध सुन नेपाल भित्र्याउन भारतीय महीलाको प्रयोग हुने गरेको खुलेको छ । करिब ६ किलो सुनसहित ४ जना महिला विहीबार पक्राउ परेसँगै तस्करले अपनाएको नयाँ तरीका बाहीर आएको हो ।
पक्राउ पर्नेमा बबिता गर्ग, सरिता जैन, जपिन जैत र सुनिता रहेका छन् । उनीहरुको साथबाट भेटिएको धातुमध्ये ४ सय ९७ ग्राम सुन भएको पुष्टि भइसकेको र बाँकी सुनजस्तै पहेलो धातुको परीक्षण भइरहेको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सन्दिप भण्डारीले बताए । बैककबाट काठमाडौं आएको ५ किलो ४ सय ग्राम सुनसहित भारतीय महिला पक्राउ परेका हुन ।
विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी भण्डारीले दिएको जानकारीअनुसार गहनाको स्वरूपमा लेप लगाएको अवस्थामा भित्र्याइएको उक्त सुन बरामद गरिएको हो। पक्राउ परेकाहरु थाइ एयरलाइन्सको विमानबाट बैंकक हुँदै काठमाडौं आएका थिए । यो खबर आजको नेपाल समाचारपत्रबाट लिइएको हो ।
सुन त्रिभुवन विमानस्थल