अर्थ शेयर

शेयर बजारमा १७ अंकको वृद्धि, ५४ करोडको कारोबार हुँदा एनआईसी अग्रस्थानमा  

शेयर बजारमा १७ अंकको वृद्धि, ५४ करोडको कारोबार हुँदा एनआईसी अग्रस्थानमा  

 काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आइतबार सेयर बजार १७ अङ्क बढेर १,१८२ अङ्कमा पुगेको छ । एक साताको अवधिमा बजार झन्डै ४० अङ्क बढेको छ । अघिल्लो साता आइतबार नेप्से परिसूचक १ हजार १४३ अङ्कमा थियो ।

लगानीकर्ताको विश्वास बढ्दै गएपछि बजारमा सुधार देखिएको हो । गत साताको अन्तिम दिन सेयर बजार ०.६५ अङ्कले ऋणात्मक थियो ।

 

आइतबार ५४ करोड ३९ लाख ५५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यसमध्ये एनआईसी एसिया बैङ्कको सबैभन्दा बढी कारोबार भएको छ । एनआईसी एसियाको सेयर मूल्य प्रतिकित्ता ४६८ रुपैयाँमा ६ करोड ६४ लाख ७२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बैंकको गत मार्च २८ अर्थात चैत १४ गतेदेखि सेयर मूल्य उकालो लाग्दै आएको हो ।

 

एनएमबी बैङ्कको प्रतिकित्ता ३४९ रुपैयाँमा ३ करोड ३१ लाख ७४ हजार रुपैयाँमा सेयर किनबेच भएको छ । आइतबार सेयर बजार बढ्दा जलविद्युत, निर्जीवन बिमा, उत्पादनमूलक र लघुवित्तको सेयर मूल्य घटेको छ ।

 
त्यस्तै बैङ्किङ, होटल, विकास बैङ्क, वित्त र जीवन बिमाको सेयर मूल्य बढेको छ । एनआईसी एसियाका लगानीकर्ताले एकै दिन २८ रुपैयाँ कमाएका छन् । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ४० र कुमारी बैङ्कका लगानीकर्ताले १२ रुपैयाँ कमाएका छन् ।

शेयर बजार

विशेष