संघीय समाचार प्रदेश २

जनकपुरमा ‘चाइना गो ब्याक’को नारा

जनकपुरमा ‘चाइना गो ब्याक’को नारा

जनकपुर: प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा आईतवार केही यूवाहरुले ‘चाइना गो ब्याक’को नारा लगाएका छन् ।

केही समयअघि प्रदेश सरकारले चीनबाट गाई ल्याउने निर्णय गरेको थियो । चीनबाट गाई ल्याउन प्रदेश ३, गण्डकी प्रदेश र प्रदेश २ सरकारले चिनियाँ पक्षसँग सहमति गरेको हो । उक्त निर्णयको विरुद्धमा युवाहरुले नारा लगाएका हुन् । जनकपुरको अति व्यस्त चोकको रुपमा चिनिने भानु चोकबाट दर्जनौँ युवाहरुले र्याली निकालेका थिए । उनीहरु ‘चाइना गो ब्याक’ लेखेको प्लेकार्ड बोकेर शिव चौकसम्म प्रदर्शन गर्दै पुगेका थिए ।

गाई ल्याउने सम्झौता खारेज नगरिए कडा आन्दोलन गर्ने उत्रने चेतावनी प्रदर्शनमा गरेको यूवा किशोर यादबले जानकारी दिए ।

विशेष