अर्थ शेयर

आक्रामक छलाङ मार्दै शेयर बजार, निरासालाई छिचोल्दै झण्डै अर्बको कारोबार 

आक्रामक छलाङ मार्दै शेयर बजार, निरासालाई छिचोल्दै झण्डै अर्बको कारोबार 

काठमाडौं । महिनौं पछि उकालो लाग्न थालेको शेयर बाजारले निरन्तरता पाएको छ । गत हप्तादेखि सुधारउन्मुख देखिएको बजारले पछिल्लो केहि दिन यता आक्राम छलाङ मार्न थालेको छ । यसले बजारमा आम लगानीकर्ताहरु उत्साहि देखिन थालेका छन् । 

वर्षको अन्तिम महिना र नयाँ वर्षको शुरुवातसँगै बजारमा नयाँ लगानीकर्ताहरु देखिने र पुराना लगानीकर्ताहरु समेत सेयर तर्फ केन्द्रित हुने हुँदा शेयर बजारमा हरियाली देखिन थालेको हो । 

 

विशेषत यस समयमा अधिकांश सूचीकृत कम्पनीहरुले गत वर्षको लाभांश वितरण गरिसकेको हुन्छन् भने चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण आउने क्रम सुरु हुँदा आगामी लाभांशको आंकलनमा बजारमा नयाँ लगानीकर्ताहरु प्रवेश गर्नेक्रम सुरु हुनेगर्छ। 

 

पछिल्ला केहि साता यता कारोबारमा रकममा देखिएको सुधारले पनि बजारमा लगानीकर्ताहरुले लगानी बढाउँदै लगेको बुझ्न सकिन्छ। 

चालु आर्थिक वर्षको अन्तिम त्रैमासमा पूँजीगत खर्च बढ्ने हुँदा पनि वित्त बजारमा तरलता सहज हुने अनुमानमा शेयर बजारमा सकारात्मक हुनेगर्छ । बैंकिङ्ग प्रणालीमा तरलता पर्याप्त भएमा ब्याजदर घट्न सहयोग पुग्नेछ। आइतबार सम्पन्न चालु आवको दोस्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्रीले मातहतका निकायहरुबाट सम्पादन हुने कार्यहरुलाई यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन्। 

 

नेप्से सूचकसँगै कारोबार रकममा समेत सुधार आउनु बजारका लागि सकारात्मक संकेत हो । यसले लगानीकर्तामा उत्साह जगाउछ भने बजारको सुधार टिकाउ समेत हुनेगर्छ । बजारको सुधारका लागि लगानीकर्ताको मनोविज्ञानको पनि महत्वपूर्ण भूमिका रहने गर्छ।

सरोकारवाला निकायहरुले बजार सुधारका कार्यहरु समेत अगाडि बढाइरहेकाले पनि लगानीकर्ताको आत्मबल बलियो बन्दै गएको छ।
केहि दिन यता वाणिज्य बैंकहरुको शेयरमा आर्कषित भएका लगानीकर्ता विस्तारै बीमा र अन्य समूहका शेयरमा समेत आर्कषित हुन थालेका छन् । जसले गर्दा सूचकसँगै कारोबार रकममा ह्वात्तै सुधार आउन थालेको छ।

 

सोमबारको बजारमा नै ९० करोड बढीको शेयर किनबेच भयो । जसमा वाणिज्य बैंक समूहकै ५८ करोड बढीको कारोबार भयो । यसदिन नेप्से ९.३२ अंकले बढेर ११९१.६८ अंकमा पुगेको छ । १७० कम्पनीको कारोबार भएको बजारमा २९ लाख ५१ हजार ४७८ कित्ता शेयर ९० करोड ६९ लाख रुपैयाँमा किनबेच भयो।

आइतबार ५४ करोड ३९ लाख लाख रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा सोमबार ३६ करोड ३० लाख रुपैयाँले कारोबार रकम बढेको हो । 

शेयर बाजार

विशेष