अर्थ शेयर

एशियन लाइफको साढे ७५ लाख बराबरको आईपिओ निष्काशन, बैंशाख २९ गतेसम्म आवेदन दिन सकिने

एशियन लाइफको साढे ७५ लाख बराबरको आईपिओ निष्काशन, बैंशाख २९ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद शेयर सोमबारदेखि खुला भएको छ। कम्पनीले चुक्ता पूँजीको दश बराबर ६ कित्ताको अनुपातमा ७५ लाख ४० हजार ३५२ दशमलव ७३ कित्ता हकप्रदमा आवेदन माग गरेको हो।

 

हकप्रद निष्काशन प्रयोजनको लागि कम्पनीले फागुन २२ गते शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गरेको थियो। यसअनुसार फागुन २१ गतेसम्म कायम रहेका कम्पनीका शेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न सक्निेछन् । 

 

कम्पनीको हकप्रद बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ। हकप्रदमा बिक्री प्रबन्धकको केन्द्रीय तथा शाखा कार्यालय लालदरबार, लगनखेल, चिप्लेढुङ्गा पोखरा, बुटवल, वीरगन्ज र विराटनगरबाट यसमा आवेदन दिन सकिन्छ ।

 

यसैगरि एशियन लाईफ इन्स्योरेन्सको कार्यालयहरु, तथा सि आश्वा प्रणाली प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट पनि हकप्रद भर्न सकिने व्यवस्था छ । हकप्रदमा आवेदन गर्ने अन्तिम दिन २०७६ बैशाख २९ गते रहेको छ । 

 

हाल एक अर्ब २५ करोड ६७ लाख २५ हजार ४५५ रुपैयाँ चुक्ता पूँजी रहेको एशियनको ६० प्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी दुई अर्ब एक करोड सात लाख ६० हजार रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्सको गत जेठ १९ गते सम्पन्न दशौं वार्षिक साधारण सभाले जारित गरेको चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद प्रस्ताव धितोपत्र बोर्डबाट माघ २७ गते स्वीकृत भएको थियो। धित्रतोपत्रको दोस्रो बजारमा एशियन लाइफ इन्स्योरेन्सको शेयर चैत २५ गते सोमबार प्रतिकित्ता ३९७ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ । 

शेयर बजार

विशेष