अर्थ शेयर बैंकिङ

बिओकेलाई राष्ट्र बैंकले लगायो लाभांस बितरणमा रोक, संचालकहरु तनावमा

बिओकेलाई राष्ट्र बैंकले लगायो लाभांस बितरणमा रोक, संचालकहरु तनावमा

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक अफ काठमाण्डू (बिओके)को लाभांस वितरणमा रोक लगाएको छ । बैंकको संस्थापक शेयरधनीमा एकै व्यक्तिको ठूलो परिमाणमा शेयर रहेको र मुनाफा असोभाविक भएको भन्दै लाभांस वितरणमा रोक लगाएको हो । 

 

राष्ट्र बैंकको व्यवस्थामा कुुनै पनि बैंक तथा फाईनान्स कम्पनीमा एकाघर परिवारका एकै व्यक्तिको नाउँमा ठूलो परिमाणमा संस्थापक सेयर हुुनु हुँदैन ।

तर, बैंक अफ काठमाण्डूमा संस्थापक सेयरधनी डम्बर बहादुर मल्लको नाउँमा एक प्रतिसत भन्दा बढी सेयर रहेको छ । सोही आधारमा उक्त सेयर मिलान गर्न भन्दै राष्ट्र बैंकले बैंक अफ काठमाण्डूलाई निर्देशन दिएको छ ।

 

राष्ट्र बैंकको निर्देशनका कारण बिओकले गत आर्थिक बर्षको खुुद मुनाफा मध्येबाट प्रस्ताव गरेको १४ प्रतिशत बोनस सेयर ११ प्रतिसत नगद लाभांस बितरण गर्ने प्रस्ताव पनि अन्यौलमा परेको छ ।

बैंकमा अहिले पनि मल्लको नाउँमा झण्डै दुुई प्रतिसत भन्दा बढी सेयर स्वामित्व रहेको र यदि हाल कै अवस्थामा बैंकले लाभांस बितरण गर्ने हो भने मल्लको भागमा मात्र झण्डै तीन करोड रुपैयाँ पर्न आउँछ । 
 

बैंक अफ काठमाण्डू

विशेष