मनोरञ्जन अपराध सुरक्षा

फिल्म निर्माताको चकचकीः पति र पैसा खोस्ने कान्छी पक्राउ

फिल्म निर्माताको चकचकीः पति र पैसा खोस्ने कान्छी पक्राउ

काठमाडौं । एकजना फिल्म निर्माताले मायाको भोक मेट्न कान्छी त ल्याए, तर तिनैले खोरमा हालिन् । जेठीलाई रिस उठ्यो, उनले ‘कान्छी’ लाई पनि जाकेरै छाडिन् । घरकी पत्नीलाई धोका दिएर कान्छी राख्नेहरुले याद गरिराखौं, ऐन मौकामा उनै जेठी काम लाग्छिन् । यस्तो देखिएको छ, प्रहरी परिसर टेकुमा । अहिले फिल्म निर्माता सागर ढुंगेल बैंकिङ कसुरको मुद्धा लागेर हिरासतमा छन् । कारक हुन्, कान्छी पत्नी शोभा सिटौला । बानेश्वरमा बुटिक चलाउने जेठी पत्नी सुधालाई छोडेर सात वर्षदेखि ढुंगेल कान्छीसँग बस्दै आएका थिए । तर, कान्छीले खोरमा हालेपछि जेठी तात्तिइन्, कान्छीका विरुद्ध ।

 

अहिले रमाइलो देखिन्छ, टेकु प्रहरी परिसरमा । त्यहााँ पति–पत्नी नै हिरासतमा छन् । इटहरीको अधिकारी थरका पतिले विष पिएर आत्महत्या गरेपछि कामको खोजीमा इजरायल जान खोज्दा सागरले शोभालाई भेटेका थिए, दिल्ली एयरपोर्टमा । अबैध बाटो हुँदै इजरायल जाने उनको योजना सफल नभएर भएको पैसाले फिल्ममा पार्टनरसीप गर्ने भनेपछि सम्बन्ध बलियो बन्दै गयो । कान्छी बनेर सागरको जीवनमा प्रवेश गरेकी शोभाले सागरसँग विभिन्न समयमा चेक लिएकी थिइन्, छोरा पढाउने नाममा खातामा पैसा छैन भन्दा पनि फाइनान्समा चेक डिपोजिट राखेर पैसा झिक्छु  भन्दै चेक लिएकी हुन् । माया गर्ने कान्छी पत्नीले धोका देलिन् भन्ने त कसले पो पो सिचिहाल्दो हो । ! सागर यस्तैमा परे । ६ महिनाअघि उनले शोभालाई दिएको ३० लाखको चेक फाइनान्समा राखेर पैसा झिक्ने काम गरिनन्, बरु बाउन्स गरेर प्रहरी कहाँ धाइन् । यसो गर्नुको कारण थियो , सिलुगडीबाट काठमाडौं आएको बेला सागरले जेठी पत्नीलाई भेट्नुको रिस । 

 

पूर्वमहान्यायाधिवक्ता बाबुरा कुँवरहरुको सहयोगमा न्याय खोज्न प्रहरीकहाँ धाइरहेकी शोभा त्यतिबेला अचम्ममा परिन्, जब उनैलाई प्रहरीले समातेर कष्टडीमा हाल्यो । जेठी पत्नीको भनाई छ, ‘यदि कान्छीले मिलापत्र गरेर पतिलाई हिरासतमुक्त गर्न सहयोग गरेमा बहुविवाह मुद्दा फिर्ता लिने, मन्दिरमा गएर आफ्ना पति सधैंका लागि जिम्मा दिने ।’ शोभा (कान्छी) ले भनेकी छन्, ‘तेरो बूढो तैँ लैजा, मलाई पैसा दे...!’ उता, फिल्म बनाउँदा ऋण लागेर थुप्रै मानिससँग आर्थिक कारोबार गरेकी निर्मात्री प्रज्ञा जोशी पुर्पक्षका लागि केन्द्रीय कारागार चलान भएकी छन् । यो समाचार जनआस्था साप्ताहिकबाट लिइएको हो । 

 

Sudha Dhungel

विशेष