बैंकिङ

९ महिनामा २० प्रतिशतले बढ्यो वाणिज्य बैंकहरूको नाफा

९ महिनामा २० प्रतिशतले बढ्यो वाणिज्य बैंकहरूको नाफा

काठमाडौं । लगानीयोग्य पुँजी अभावले मागअनुसार कर्जा प्रवाह गर्न नसकेको बताउँदै आएका वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो ९ महिना (साउन–चैत्र) मा ४५ अर्ब ६७ करोड रुपैयाँ नाफा गरेका छन्। यो नाफा गत वर्षको यसै अवधिको तुलनामा २० प्रतिशत बढी हो। गत आवको चैत्र मसान्तसम्म वाणिज्य बैंकहरूको नाफा ३८ अर्ब ६ करोड थियो। नेपालमा २८ वटा वाणिज्य बैंक सञ्चालनमा छन्।

२८ बैंकमध्ये २६ वटाको तीन त्रैमासको नाफा अर्ब रुपैयाँभन्दा माथि छ। सबैभन्दा बढी नाफा आर्जन गर्ने सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको छ। यस्तै नबिल बैंकले तीन अर्ब १९ करोड र नेपाल इन्भेस्टमेन्ट बैंकले दुई अर्ब ५७ करोड नाफा गरेका छन्। यसैगरी एनआईसी एसिया बैंकले दुई अर्ब २८ करोड र नेपाल बैंकले दुई अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्। बढी नाफा गर्ने पहिलो पाँच स्थानमा रहेका बैंकमध्ये नेपाल इन्भेस्टमेन्ट र नेपाल बैंकको नाफा घटेको हो।

यस्तै सबैभन्दा कम नाफा आर्जन गर्ने बैंकमा सिभिल बैंक ४९ करोड ३९ लाख रुपैयाँँ, सेञ्चुरी बैंक ६१ करोड रुपैयाँँ, कुमारी बैंक एक अर्ब रुपैयाँ, जनता बैंक एक अर्ब २ करोड ३७ लाख रुपैयाँँ र लक्ष्मी बैंक एक अर्ब २ करोड ९६ लाख रुपैयाँ छ। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।

वाणिज्य बैंकहरु

विशेष