अर्थ

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौं । सुनको मूल्य मंगलबार तोलामा एक हजार रुपैयाँ बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलाको ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार स्थिर रहँदै तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा एक हजार रुपैयाँ बढेको हो ।

 

भारतीय रुपैयाँ कमजोर भएको तथा चीनले अमेरिकी सामानमा कर बढाएपछि अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेको महासंघले जनाएको छ । यसकै प्रभावले नेपाली बजारमा सुन महंगिएको हो । यस्तै चाँदी मंगलबार तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । 

सुन नेपाल सुनचाँदी व्यवसायी महासंघ

विशेष