एक घरी केरामै फल्यो ५७५ कोसा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ खवरा स्थित कृषक सोवित सापकोटाले लगाएको केराको एकै घरीमा ५७५ कोसा फलेको छ । म्यादीमा केरा खेतीबाट मनग्ये आम्दानी हुन थालेपछि कृषकहरुले बाँझो जमिनमा केरा खेति लगाउन थालेका छन् । थोरै लगानीमा मनग्य आम्दानी हुन थालेपछि कृषकहरुको आम्दानीको स्रोत केरा बनेको छ ।
म्याग्दी केरा