पत्रकार महासंघ आन्दोलित (फोटोफिचर)
काठमाडौं। संसद्मा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक पुनः मस्यौदा गर्नुपर्ने माग गर्दै मिडिया काउन्सिलसम्बन्धी विधेयकसहित प्रेस स्वतन्त्रता विरोधी कानुनविरुद्ध बृहत प्रर्दशन भएको छ । नेपाल पत्रकार महासंघले शुक्रबार नया बानेश्वरस्थित एभरेष्ट होटलनजिकैको सडकमा प्रदर्शन गरेको हो ।
पहिलो चरणको आन्दोलनका क्रममा शुक्रबार दिउँसो १२ बजे काठमाडौंसहित देशको विभिन्न स्थानमा प्रर्दशन गरेको हो । विरोध सभामा सहभागी सबै पत्रकारहरुले सञ्चारका साधनसहित सबैले क्यामरा डाउन गर्दै प्रदर्शन गरेका थिए ।