छतमा तरकारी, बाँझो घरबारी ! (फोटो फिचर)
बजारमा तरकारीको मूल्य छोइसक्नु छैन् । उपलब्ध तरकारी विषाक्त भएका कारण स्वास्थ्यमा जटिलता ल्याउने त्रास उत्तिक्कै छ । उपत्यकाका जमिनमा सिमेन्टका घर फलेका छन् ।
गाउँका घरबारीमा सिरु उम्रिएका छन् । आवश्यकता आविष्कारको जननी भने झैं यतिबेला छतलाई करेसाबारी बनाउने प्रतिस्पर्धा बढ्दो छ ।
‘होम मेकर’ मानिने गृहलक्ष्मी यस काममा अग्रसर छन् । गफको खेती कम गरेर छतमा गरिने तरकारी खेतीलाई विस्तार गर्न सके तरकारीमा स्वावलम्बी शहरको परिचय पो थपिने थियो कि ?
छतमा तरकारी खेती