साहित्य आज

कविता : आफैँ बदलिएँ

कविता : आफैँ बदलिएँ
  • स्वरूप सुयाल

कुनै कुनै बेला

कयौं कयौं कमरेडको

सादा जीवन उच्च विचार

नारा नै थियो!

संसार बदल्न हिंडेको 

भन्थे उनीहरू!

हो पनि

संसार बदल्नलाई 

उनीहरूले त्याग अनि तपस्या

जेल अनि नेल 

भोग्न तयार भए

ससार बदल्न हिंडेकाहरू

संसार नबदलिंदै

आफैं बदलिएँ!

 

गरिब किसान अनि मजदुरहरु

भोकैछन आजपनि 

दिनदुखिको रसिला आँखा!

ओभानो छैन कतैपनि

हो आजपनी यहाँ 

गरिखाने श्रमजीवीहरु

थिचोमिचो सहेर 

शोषण भन्दा माथी 

कहिल्यै उभिन सकेनन!

कुनै कुनै बेला

उत्पीडनको बिरोधमा

बोल्ने कमरेडहरु

आज सामन्त पो भए!

ससार बदल्न हिंडेकाहरू

संसार नबदलिंदै

आफैं बदलिएँ


 (उनी मार्क्सवादी अध्येता हुन्)

कविता

विशेष