अपराध सुरक्षा

जबर्जस्ती करणीका अभियुक्त प्रहरीलाई झुक्याएर अस्पतालबाटै फरार

जबर्जस्ती करणीका अभियुक्त प्रहरीलाई झुक्याएर अस्पतालबाटै फरार

काठमाडौं : जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका एक व्यक्ति अस्पतालबाटै भागेका छन् । स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल पुर्‍याइएका १६ वर्षीय किशोर पदम श्रेष्ठ प्रहरीको आँखा छलेर फरार भएका हुन् ।

मंगलबार जबर्जस्ती करणी अभियोगमा महानगरीय प्रहरी वृत्त महाराजगन्जको नियन्त्रणमा रहेका श्रेष्ठ प्रहरीको आँखा छलेर राति भागेको महानगरी प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले जानकारी दिए । प्रहरीको निगरानी नपुगेकाले अभियुक्त भागेको उनले बताए ।

प्रहरीका अनुसार उनीविरुद्धको मुद्दा म्याद थप भएको छैन । प्रहरीले उनीविरुद्धको मुद्दामा म्याद थप गर्नका लागि अस्पतालमा स्वास्थ्य परीक्षण गर्न ल्याएको थियो । प्रहरीले फरार रहेका श्रेष्ठको खोजी कार्यलाई तीव पारेको जनाएको छ ।

उनले एक किशोरीलाई होटलमा लगेर सहमतिमा शारीरिक सम्बन्ध राख्दा परिवारले थाहा पाएर प्रहरीसमक्ष बुझाएका थिए । कानुनतः नाबालिकासँग सहमतिमै शारीरिक सम्बन्ध राख्दा जबरजस्तीकरणी मानिन्छ।

फरार

विशेष