अपराध सुरक्षा

सिरहामा एक बालिकाद्वारा झुण्डिएर आत्महत्या

सिरहामा एक बालिकाद्वारा झुण्डिएर आत्महत्या

सिरहा । सिरहाको लहान नरपालिका वडा नम्बर ४ गोधुली हाटेलभन्दा १५० मिटर उत्तर बुधबार दिउँसो आफ्नै घरमा झुण्डिएर एक बालिकाले आत्महत्या गरेकी छन्।  लहान नगरपालिका-४ बस्ने ज्योति लाल महतोकी १३ वर्षीया छोरी गुरिया कुमारी महतोले झण्डिएर आत्महत्या गरेकी हुन् ।

मृतक गुरीया विगत केही दिनदेखि शरीरिक रुपमा अस्वथ्य रहेकी मृतकको आमा शिला देवी महतोले बताइन् । मृतकको शव पोष्मार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा लगिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी ईन्सपेक्टर विजय यादवले जनकारी दिएका छन् । घटनाको बारेमा थप अनुसन्धान गरी रहेको प्रहरीले जनाएको छ।

आत्महत्या

विशेष