डा. अरुणा उप्रेतीले खोलिन् 'सेनेटरी प्याड'को अर्थशास्त्र
के प्याड घरेलु हुँदैनन् ?
काठमाडौं : पोषणविद् तथा महिला स्वास्थविज्ञ डा. अरुणा उप्रेती सामाजिक विषयमा खुलेर कुरा गर्न रुचाउँछिन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत समाजमा देखिएका विकृति तथा आफूलाई मन नपरेका विषयमा खुलेर कुरा गर्छिन् ।
पछिल्लो समय सञ्चार माध्यममा विद्यालयमै सेनेटरी प्याड बाँड्ने विषयलाई लिएर समाचारहरू प्रकासित भएका छन् । विद्यालहरूले पनि यो विषयलाई बढी नै जोड दिएको देखिन्छ। महिनावरी भएका बेला छात्रा विद्याल आउन अफ्ठ्यारो मान्ने वा आउँदै नआउने भनेर पनि प्रचारप्रसार गरिएको छ।
यसै विषयलाई लिएर डा. उप्रेतिले सामाजिक सञ्जालमा फेसबुकबाट सचेत बनाएकी छन्। उनले सेनेटरी प्याडसँग जोडिएको अर्थशास्त्रका बारेमा पनि खुलाएकी छन्। सनेटरी प्याडका विषयम यस्तो उनको भनाइ:
अहिले 'सेनेटरी प्याड'को यस्तो गरी विज्ञापन भइरहेछ मानौ ‘प्याड’ नभएर त जिन्दगी नै खतम हुन्छ । 'प्याड' नभएर छात्रा स्कुल नआउने भन्ने प्रचार कहाँबाट शुरु भयो कुन्नी प्याड बनाउने कम्पनीलाई त मालमाल भएको छ ।
म १२ वर्षको उमेरमा पहिलो चोटी महिनावारी हुँदा दिदीले सुतीको (आमाको सुतीको धोती )पुरानो सिरकको सफा खोल प्रयोग कसरी गर्ने भन्ने सिकाएकी थिइन् । त्यो बेलामा सेनेटरी प्याडको चलन थिएन। महिनावारीको बेलामा प्रयोग गरिएको टालो वा प्याड शौचालय लगेर धोइन्थ्यो, कौसीमा घाम लाग्ने ठाउँमा अर्को पातलो लुगाले छोपेर सुकाइन्थ्यो । ढुसी पर्ने कुरै थिएन ।
तर, अहिले त गाउँगाउँमा पनि मानौ सनेटरी प्याड प्रयोग गरिएन भने त इज्जत नै जान्छ जस्तो गरेर स्कुलस्कुलमा 'सनेटरी प्याड खसाउने बाकस' भनेर ठूलो अक्षरमा समाचार आउँछ ।
प्याडको अर्थ शास्त्र त ठूलो पो रहेछ । यदि एउटा मात्रै प्याडको सरदर १०० रुपैयाँ पर्यो भने एक महिनामा प्रजनन उमेरका झण्डै ५० लाख नेपाली महिला र युवतीले एउटा प्याड प्रयोग गरे महिनामा ५ लाख× १०० झण्डै ५० करोड अर्थात् वर्ष भरिमा झण्डै ६ अर्बको प्याड प्रयोग हुन्छ । कसैले त दुईवटा प्रयोग गर्नुपर्ने हुन्छ । सुत्केरी भएकी महिलाले लगाउने प्याडको त मैले हिसाब गरेकी छैन ।
नेपालमा सरकारले भ्याट र कर नलगाउने भनेर प्याड बनाउने प्रक्रिया महिला समूहहरूलाई दिए वर्षमा कति पैसा बच्थ्यो होला? घरेलु प्याड बनाउन, प्रयोग गर्न पनि एकदम सजिलो छ, घरायसी प्याडले महिनावारी व्यवस्थापन हुन्छ भनेर कल्ले बोल्ला ?
डा अरुणा उप्रेती सेनेटरी प्याड