बजेटः कर्मचारीको तलब २० र १८ प्रतिशतले बढ्यो

काठमाडौं । सरकारले ७६ साल साउन १ गतेदेखि लागू हुने गरी राजपत्रांकित (.अधिकृतदेखि माथिका) कर्मचारीका लागि १८ र राजपत्रअनंकित कर्मचारीका लागि २० प्रतिशतले तलब वृद्धि गरेको छ ।
आर्थिक वर्ष २०७६/७७ को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले यस्तो कार्यक्रम सार्वजनिक गरेका हुन् ।