अपराध सुरक्षा

अन्धविश्वासको पाशविक रूपः यौनशक्ति बढाउन नरबली !

अन्धविश्वासको पाशविक रूपः यौनशक्ति बढाउन नरबली !

धनुषा । आफूमा भएको दैवी शक्ति बढाउने नाममा नरबली दिने धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरका शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरेको छ । यौनशक्ति कम हुँदै गएपछि महतोले दैबी शक्ति र यौनशक्ति बढाउने नाममा छिमेकी शम्भु साहको अढाई बर्षीय छोरा समिरकुमार साहको हत्या गरेको खुलासा भएको छ ।

 

गत बैशाख २४ गते महतोले आर्यनको हसियाले रेटेर बली दिएको २ नम्वर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । बैशाख २३ गते दिउँसो एकाएक समिरकुमार हराएपछि घरपरिवारले खोजी गरेपनि उनी फेला परेका थिएनन् ।अन्धबिश्वासमा बिश्वास गर्दै आएका महतोले आफूमा अपार दैवीशक्ति पाउन र यौनइच्छालाई दर्बिलो बनाउन बालकको बलि चढाएको प्रहरीलाई बताएका छन् ।

 

उनले प्रहरीलाई दिएको बयानमा २ बर्षदेखि श्रीमतीसंग शारीरिक संभोग नगरेको र नरवली दिएपछि यौन शक्ति तथा दैवी शक्ति बढ्ने सुनेको कारण समिर कुमारको हत्या गरेको स्वीकार गरेका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।

धनुषा यौनशक्ति

विशेष