अर्थ

आगामी आर्थिक वर्षमा पुर्वाधारका लागि यस्तो छ सरकारी नीति

आगामी आर्थिक वर्षमा पुर्वाधारका लागि यस्तो छ सरकारी नीति

काठमाडौं । सरकारले आगामी आर्थिक महत्वपूर्ण भौतिक पूर्वाधारहरुको विकासमा ध्यान दिने भएको छ ।

 

नयाँ बानेश्वरस्थित संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षभित्रै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण सम्पन्‍न गरी ४ सय ५६ मेगावाट विद्युत् राष्‍ट्रिय प्रसारण लाइनमा जोडिने उल्लेख छ । बूढीगण्डकी जलविद्युत् आयोजना अघि बढाइनेछ । आगामी आर्थिक वर्षभित्र मेलम्ची खानेपानी आयोजना सम्पन्‍न गरिनेछ । भेरी बबई डाइभर्सन आयोजनाको निर्माण कार्य दुई वर्षभित्र सम्पन्‍न गरिनेछ । यस आयोजनाबाट सिँचाइ क्षेत्र विस्तार हुनुका साथै ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

 

सिक्टा सिँचाइ आयोजनाको पश्‍चिम मूल नहरको समस्याग्रस्त खण्ड मर्मत गरी यथाशीघ्र सञ्‍चालनमा ल्याइनेछ । आयोजनाको सम्पूर्ण कार्य चार वर्षभित्र सम्पन्‍न गरिनेछ । रानी जमरा कुलरिया सिँचाइ आयोजनाको पहिलो चरणबाट सिँचाइसुविधा उपलब्ध गराइनेछ। आगामी चार वर्षभित्र मध्यपहाडी-पुष्‍पलाल लोकमार्ग, काठमाडौं-निजगढ द्रुतमार्ग हुलाकी राजमार्गको निर्माण कार्य सम्पन्‍न गरिनेछ।

 

उत्तर दक्षिण लोकमार्गका कालीगण्डकी कोरिडोरको जोमसोम-कोरला खण्डलाई बाह्रै महिना सवारी साधन सञ्‍चालन हुने गरी स्तरोन्‍नति गरिनेछ । कोसी र कर्णाली कोरिडोरको सबै खण्डको ट्र्याक खोल्ने कार्य आगामी वर्षभित्र सम्पन्‍न गरिनेछ । आगामी वर्ष पूर्व-पश्‍चिम विद्युतीय रेलमार्गनिर्माण कार्य सुरु गरिनेछ ।

विशेष