चलिरहेको फ्लिम

कप्स, काउसो र कुम्भकरण

कप्स, काउसो र कुम्भकरण


काठमाडौँ । सम्राट सापकोटा निर्देशित फिल्म ‘कप्स’, मदन घिमिरेको ‘काउसो’ र दीपक ओली निर्देशित फिल्म ‘कुम्भ करण’ शुक्रबारदेखि प्रदर्शनमा आएका छन् । अभिनेता अनुप विक्रम शाही लिड रोलमा फिल्म ‘कप्स’ मा छन् । उनले यस चलचित्रमा कर्तव्यनिष्ठ एक प्रहरीको भूमिका निभाएका छन् । यस फिल्ममा सन्दिपा लिम्बु, अनुपा भट्टराई, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा लगायतका कलाकारहरुको अभिनय छ ।  फिल्मले पोलिटिक्स, प्रहरी र जनताको कथा बोल्ने निर्देशक सापकोटाले बताए । 
 
सविन श्रेष्ठ प्रमुख भूमिका रहेको चलचित्र काउसो पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ । फिल्म कमेडी कथावस्तुमा निर्माण भएको हो । अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारीलगायतका कलाकारले फिल्ममा अभिनय गरेका छन् । 
यस्तै, फिल्म ‘कुम्भ करण’ पनि शुक्रबारदेखि नै प्रदर्शनमा आउन लागेको छ । यस फिल्ममा निशा अधिकारी, गौरव पहारी, भोलाराज सापकोटा, अभय बराल, आकाश पल, कुलदिप अधिकारी, सद्भाव थापालगायतले अभिनय गरेका छन् । 

विशेष