Technology अपराध सुरक्षा

सरकारी वेबसाइटमाथि चिनियाँ ह्याकरको आक्रमण

सरकारी वेबसाइटमाथि चिनियाँ ह्याकरको आक्रमण

काठमाडौं । आइतबार दिनभरीजसो सरकारी वेबसाइटहरु खुल्न सकेनन्। एकसाथ सर्भर डाउन हुँदै जाँदा वैदेशिक रोजगार, राहदानी, राजस्व, मालपोत लगायत सरकारी सेवा लिन बसेका सेवाग्राहीले सास्ती खेप्नु पर्यो। एकैपटक दुई हजार भन्दा वढी सरकारी वेबसाइटले काम नगर्दा अनलाइन प्रणालीमा आधरित सरकारी सेवा पूर्ण रुपमा अबरुद्ध भयो। चिनियाँ ह्याकरले सरकारी वेबसाइटमा आक्रमण गरेको राष्ट्रिय सूचना प्रणाली केन्द्रको अनुसन्धानले पत्ता लागेको छ।  

 

त्यसो त चार दिनदेखि लगातार सरकारी वेबसाइटमाथि आक्रमणको प्रयास भइरहेको राष्ट्रिय सूचना केन्द्रका सहयक निर्देशक रमेशप्रसाद पोखरेलले बताए । राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले सर्भरमा समस्या आउँदा कागजी प्रक्रियामै जानु परेको बताएका छन्। यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

सरकारी वेबसाइट चिनियाँ ह्याकर

विशेष