संघीय समाचार प्रदेश ३

अन्यायमा परेकालाई न्याय दिनुपर्छ

अन्यायमा परेकालाई न्याय दिनुपर्छ

हेटौँडा। प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले न्यायमूर्तिहरुले निष्पक्ष रुपमा अन्यायमा परेकालाई न्याय दिनुपर्ने बताएका छन् ।

 

प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा कानून दिवस २०७५ का अवसरमा आज बिहान हेटौँडामा गरिएको कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले न्यायाधीश कुनै बेलामा निर्मम बनेर भए पनि न्याय दिनुपर्ने बताए ।

 

अन्यायमा परेकालाई न्याय दिनका लागि कुनै कसर बाँकी राख्न नहुने उनको भनाइ छ । न्यायमा सबै नागरिकको पहुँच हुनुपर्ने बताउँदै उनले भने, “सबै क्षेत्रमा सबैको समान पहुँच हुनुपर्छ । न्याय दिने न्यायमूर्तिले निष्पक्ष रुपमा न्याय दिनुपर्छ ।”

 

उनले सरकारले गर्ने गौरवका आयोजनामा बाधा–अवरोध आएकाले त्यसो नगर्न आग्रहसमेत गरे ।प्रदेश ३ कै आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले पहुँचका आधारमा न्याय दिने काम अब रोकिनुपर्ने बताए ।

विशेष