अपराध सुरक्षा

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

पर्सा : कर्तव्य ज्यानका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। किशोर सहानीको हत्या गरी फरार रहेको आरोपमा प्रजा सहनीला पर्सा प्रहरीले पक्राउ गरेको हो। 

पर्साको बहुदरमाई नगरपालिका-८ रामनगरी बस्ने ५६ वर्षीय किशोरी सहनीको हत्या अभियोगमा सोही स्थानका २७ वर्षीय प्रजा सहनीलाई नेपाल भारत सीमामा पर्ने वीरगंज महानगरपालिका-१ छप्कैयाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रजा सहनीले विनोद साह कानुसँग मिलेर किशोर सहनीको हत्या गरी गहुँबारीमा शव फालेको प्रहरीको भनाइ छ। लुकीछिपी बसिरहेका उनलाई प्रहरीले विशेष सूचनाका आधारमा प्रकाउ गरेको जनाएको छ। प्रजा सहनीलाई पक्राउ गरि उक्त घटनामा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
 

पक्राउ

विशेष