अपराध सुरक्षा

कुखुरा मारेको आरोपमा एक जना पक्राउ

कुखुरा मारेको आरोपमा एक जना पक्राउ

गोरखा । विष हालेर कुखुरा मारेको आरोपमा गोरखा नगरपालिका बराहकी ओमकुमारी श्रेष्ठ पक्राउ परेकी छिन् । विषादी हालेर एक सय ४० वटा कुखुरा मारेको उजुरी परेपछि श्रेष्ठलाई पक्राउ गरिएको हो प्रहरीले जनाएको छ । कुखुरा धनी राम कुमारी सुनारले विषादी हालेर कुखुरा मारेको जाहेरी दिएकी थिइन् ।

 

मरेको कुखुराको जाँच गर्दा विषादीयुक्त आहारका कारण मरेको भनी प्रमाणित भएको र छिमेकीले सार्वजनिक बदमासी गरेको भन्दै उजुरी दिएपछि श्रेष्ठलाई पक्राउ गरेको गोरखाका एसपी भोला रावलले जानकारी दिए । श्रेष्ठलाई सार्वजनिक हित विरुद्धको कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको एसपी रावलले बताए । 

कुखुरा गोरखा पक्राउ

विशेष