पोखरामा गोली चल्यो, लागुऔषध कारोबारी पक्राउ

पोखरा : पोखरामा प्रहरीले लागुऔषध कारोबारीलाई गोली हानी पक्राउ गरेको छ।
पोखराको उत्तम चोकमा भएको घटनामा प्रहरीले पोखराका लागुऔषध कारोबारी गोविन्द थापालाई पक्राउ गरिएको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । लागुऔषधसहित भेटिएको उनी प्रहरी देखेर भाग्न खोजेपछि गोली चलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
लागुऔषध लिएर हिँड्दै गरेको विषेश सूचनाको आधारमा थापालाई प्रहरीले फलो गरेको थियो । प्रहरीका अनुसार उनको साथबाट डाइजोपाम, नुर्फिन र फेनार्गनलगायत १५ सय थान लागुऔषध बरामद भएको छ ।
गोली चल्यो