मनोरञ्जन अपराध सुरक्षा

राज्यको आडमा शक्तिको दुरुपयोग 

राज्यको आडमा शक्तिको दुरुपयोग 

काठमाडौं । मिम नेपालका युट्युबर प्रदेश गौतम फिल्म वीरविक्रम २ को गलत ढंगले समीक्षा गरेको आरोपमा पक्राउ परी यति बेला हिरासतमा छन् । 

 

फिलमका निर्माता तथा निर्देशक मिलन चाम्सले समिक्षाका नाममा गालिगलौज गरेर मानपर्दन गरेको भन्दै उुरी दिएपछि प्रहरीले प्रनेशलाई पक्राउ गरेको हो । प्रदेश पक्राउ परेपछि उनको पक्ष र विपक्षमा सामाजिक सञ्जालदेखि सार्वजनिक स्थानसम्म बहस चलेको छ । 

 

प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रताको सदुपयोग र दुरुपयोगको विषयमा बहस भइरहँदा फिल्मकर्मीले पनि आफ्नो किसिमको प्रतिक्रिया दिएका छन् । वरिष्ट कलाकार नीर शाहले प्रनेशले प्रयोग गरेको भाषा र संकेत सभ्य नदेखिएको बताए । ‘मेरो बुझाईमा एउटा सामान्य असमझदारी रहेछ । त्यसलाई यति ठूलो बनाइराख्नु आवश्यक थिएन । अब दुवै पक्ष मिलेर जानुपर्छ ।’

 

फिल्म निर्देशक मनोज पण्डित समिक्षा जसरी पनि गर्न पाइने बताउँछन् । उनी कुनै पनि विषयको समिक्षा गर्न त्यसको दायरा नतोकिएको बताउँछन् ।
नागरिक दैनिकबाट 
 

विशेष