यात्रा गर्दा कस्ता कुरामा ध्यान दिने?
–कति दिनको यात्रा हो, यकिन गर्नुहोस् । लामो यात्रा गर्दै हुनुहुन्छ भने आवश्यक लत्ताकपडाको जोहो गर्न नबिर्सिनुहोस् ।
–जुन क्षेत्रमा यात्रा गर्दै हुनुहुन्छ, त्यहाँको मौसमको अवस्थाबारे जानकारी राख्नुस् । त्यहीअनुसार, लुगाकपडा र जुत्ता लैजानुहोस् ।
–एजेन्सीले अफर गरेको प्याकेजमा यात्रा गर्दै हुनुहुन्छ भने सस्तो प्योकजको पछि मात्र नलाग्नुहोस् । मुख्य प्याकेजमा के समावेश छ र के छैन भन्ने यकिन गर्नुहोस् ।
–हवाई यात्रा गर्ने प्याकेज छ भने कुन एयरलाइन्समा जाने हो जानकारी राख्नुहोस् । विमानस्थलबाट लैजाने र ल्याउने व्यवस्था भए–नभएको यकिन गर्नुहोस् ।
–प्याकेज टुरमा घुम्ने भनेर राखिएका पर्यटकीय स्थलमा लाग्ने प्रवेश शुल्क कसले तिर्ने हो रु कति लाग्छ रु जानकारी राख्नुहोस् ।
–अत्यावश्यक औषधि बोक्न नबिर्सिनुहोस् ।
–यात्राका क्रममा लाग्ने अनुमानित खर्चभन्दा केही बढी पैसा साथमा बोक्नुहोस् ।
–दुर्गम भेगको यात्रा छ भने रकम नगदमा नै बोक्नुहोस् र यसको सुरक्षामा ध्यान दिनुहोस् ।
–सहरी क्षेत्रमा यात्रा गर्दै हुनुहुन्छ भने पनि डेबिट, क्रेडिट कार्डसँगै केही नगद पनि बोक्नुहोस् । यो जानकारी नयाँ पत्रिका दैनिकमा अर्बिट इन्टरनेसनल ट्राभल्स एन्ड टुरका सञ्चालक द्रोण निरौलाले लेखेका छन् ।