असार महिना भित्र सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्था स्थापना हुने
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले असार महिना भित्र सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्था स्थापना हुने जानकारी दिनुभएको छ । ७ सय ५३ वटा स्थानीय तहमध्ये ७ सय २८ वटा स्थानीय तहमा बैंक तथा वित्तिय संस्थाहरु पुगिसकेको उहाँले बताउनुभयो । बाँकी स्थानीय तहमा पनि यही असार भित्र बैंक तथा वित्तिय संस्थाहरुको व्यवस्था गर्ने गभर्नर नेपालले स्पष्ट पार्नुभयो ।
काठमाडौंमा शुक्रबार ‘लघुवित्त संस्थाको मर्जर र आवश्यकता’ विषयक अन्तक्र्रियामा गभर्नर नेपालले मर्जरका लागि तयार रहन सबै लघुवित्त संस्थाहरुलाई सचेत गराउनुभयो । ग्रामीण क्षेत्रको गरिवी निवारणका लागि आर्थिक गतिविधि बढाउन टेवा पु¥याउने उद्देश्यका साथ सुरु गरिएको लघुवित्त संस्थाको दिगोपनाका लागि पनि मर्जर अति आवश्यक हुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामचन्द्र जोशी लघुवित्त संस्थाहरुलाई पनि मर्जर गर्ने नेपाल राष्ट्र बैंकको कामप्रति पूर्ण समर्थन रहेको बताउनु भयो । समस्यामा परिरहेका लघुवित्त संस्थाहरुलाई मर्जर अभियानले ठूलो राहत दिएको उहाँको भनाई छ ।
अध्यक्ष जोशीले लघुवित्त संस्थाहरुलाई कृषि कर्जा प्रवाह गर्न नदिने निर्णय नेपाल राष्ट्र बंंैकले गरेकोमा भने दुःख व्यक्त गर्नु भयो ।