प्रदेश ४ अर्थ

गण्डकी प्रदेशबाट ३२ अर्ब १३ करोडको बजेट विनियोजन

गण्डकी प्रदेशबाट ३२ अर्ब १३ करोडको बजेट विनियोजन


कास्की । गण्डकी प्रदेश सरकार आर्थिक वर्ष २०७६ र ७७ का लागि गण्डकी प्रदेशले ३२ अर्ब १३ करोडको बजेट विनियोजन गरेको छ । आर्थिक मामिलामन्त्री किरण गुरुङले आइतबार प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाखको बजेट पेश गर्नुभएको हो । बजेटमा चालु खर्चतर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार विनियोजन गरिएको छ ।

 

 

गण्डकी प्रदेशलाई अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत १२ अर्ब ४६ करोड ३० लाख रुपैयाँ परेको छ । यो रकम चालु वर्षको भन्दा ८१ करोड रुपैयाँ कम हो । मध्यमकालीन खर्च संरचनाले २१ अर्व १२ करोड रुपैयाँ नेपाल सरकारले अनुदान दिने अनुमान गरेको थियो । तर अनुमान भन्दा झण्डै १० अर्व कम अनुदान पाएको छ । यसलाई मुल्यांकन गर्दा चालू बर्षको भन्दा खासै बजेट बढ्को देखिँदैन ।

 

 

आगामी बर्ष १० अर्ब ४७ करोड राजश्व संकलन गर्ने लक्ष्य छ भने डेढ अर्ब वैदेशिक अनुदान लिने र १ अर्ब हाराहारीमै आन्तरिक ऋण जुटाउने अनुमान गरिएको छ ।

 


वित्तीय समानीकरणमा आउने यस वर्षका लागि ७ अर्ब ११ करोड रुपैयाँ छुट्याइएको छ भने सशर्त अनुदानमा ५ अर्ब ३५ करोड रुपैयाँ छुट्याएको छ । चालू बर्षमा २४ अर्ब २ करोड रुपैयाँको बजेट बनाएर कार्यान्वयन थालेको सरकारले मुस्किलले ३० प्रतिशत हाराहारीमा खर्च गरेको छ ।

विशेष