यस्तो छ प्रदेश १ को बजेट
विराटनगर । प्रदेश १ ले ४२ अर्ब २० करोडको बजेट ल्याएको छ । प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङबोले प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०७६ र ०७७ का लागि चालुतर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार अर्थात ४३.९ प्रतिशत, पुँजीगत तर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार अर्थात ५५.९ प्रतिशत बजेट सार्बजनिक गर्नुभएको हो ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको बजेट आन्तरिक स्रोतबाट ३ अर्ब ८६ करोड, राजस्व बाँडफाँटबाट १० अर्ब ५२ करोड र अनुदानबाट २१ अर्ब २१ करोड छ ।
चालु आर्थिक वर्षकालागि ३५ अर्ब २ करोडको बजेट सार्बजनिक गरेको प्रदेश सरकारले आगामी वर्षका लागि करिब ७ अर्ब वृद्धि गरी करिब ४२ अर्बको बजेट सार्वजनिक गरेको हो । बजेटले कृषि, पर्यटन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिएको छ ।