अपराध सुरक्षा

बन्धक बनाएर यौन धन्दा

बन्धक बनाएर यौन धन्दा

काठमाडौं । काठमाडौंको एउटा गलैंचा कारखानामा काम गर्दै गर्दा एकजना सामान्य चिनजानकी दिदीले राम्रो कमाई हुने प्रलोभन देखाएर १२ जना युवतीलाई झापाको विर्तामोड पुर्याइन् । मासिक ५० हजारसम्म कमाउने युवतीहरु ती महिलाको साथमा धेरै कमाउने महत्वाकांक्षाले बिर्तामोड पुगे । तर, त्यहाँ पुगेपछि उनीहरुले कमाइको कुरा त परै जाओस् परिवारसँग फोनसमेत गर्न पाएनन् । 


 
होटलको सरसफाई गरेरै मासिक खानबस्न र १० हजार भन्दा बढी कमाइ हुन्छ भनेर लगिएका उनीहरुले यौन व्यवसायका लागि फसाइएको बिर्तामोड पुगेपछि मात्रै थाहा पाए । होटल मालिकको हातमा परेपछि पैसा पाउनु त परै जाओस् दुई महिनासम्म दुई छाक खाना पनि नपाएको पीडित युवतीले बताएकी छिन् । विस्तृत खबर आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।

यौन धन्दा बन्धक

विशेष