अर्थ कर्पोरेट

टेन्डर हत्याउन अदालतको सहारा 

टेन्डर हत्याउन अदालतको सहारा 

काठमाडौं । दूरसञ्चार कम्पनीहरुले कामकारबाही नियमन गर्ने नेपाल दूरसञ्चार प्राधिकरणमा अनुगमन उपकरण खरिदका क्रममा झण्डै १ अर्ब ३७ करोड रुपैयाँ अनियमितता हुने गरी टेण्डर हत्याउने खेल सुरु भएको छ । 

 

दूरसञ्चारको ट्राफिक मापन तथा ठगी नियन्त्रण उपकरण खरिद प्रक्रियामा १ अर्ब ३७ करोड रुपेयाँभन्दा बढी प्रस्ताव गर्नेसँग नै सम्झौता गर्ने गरी खेल सुरु भएको हो । 

 

१६ कम्पनीले प्रतिस्पर्धा गरेकोमा ४ वटामात्रै टेन्डर प्रक्रियामा छनोट हुन योग्य भनी छनोट गरियो, प्राधिकरण उच्च स्रोतले भन्यो, ‘अख्तियारमा उजुरी परेपछि टेन्डर रद्द त भयो । तर टेन्डर रद्द गरी आफूलाई अन्याय परेको भनी एउटा कम्पनी सर्वोच्च अदालत गएको छ । 

 


अन्तरिम आदेशकै माध्यमबाट ठेक्का सम्झौता गर्ने योजना बनेको छ । 
कान्तिपुर दैनिकबाट 
 

विशेष