अपराध सुरक्षा

'धर्ती माता' विरुद्धको मुद्दामा ७ दिन म्याद थप

'धर्ती माता' विरुद्धको मुद्दामा ७ दिन म्याद थप

काठमाडौं : आफूलाई 'धर्ती माता' बताउने विष्णु कुँवरविरुद्धको मुद्दा म्याद थप भएको छ। राजधानीको भद्रकालीमा एक युवतीमाथि कुटपिट गरेपछि पक्राउ परेकी बुटवलकी कुँवरविरुद्ध प्रहरीले अभद्र व्यवहार कसुर मुद्दामा म्याद थप गरेको हो।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले कुँवरमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ७ दिनको म्याद दिएको बताए। कुवँरले आफ्नो गल्ती स्वीकारेको पनि बोगटीले जानकारी दिए।

केही दिनअघि भद्रकाली मन्दिरमा बोक्सी लागेको भन्दै एउटी युवतीलाई यातना दिँदै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उक्त भिडियो भाइरल भएपछि प्रहरीले उनलाई शुक्रबार बालाजु बाइपासबाट गरेको हो।

धर्ती माता

विशेष