अपराध सुरक्षा

शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु, चार शिक्षक प्रहरी नियन्त्रणमा

शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु, चार शिक्षक प्रहरी नियन्त्रणमा

काठमाडौं । कञ्चनपुरमा शिक्षकको कुटपिटबाट गम्भीर घाइते भएका एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१७ माझगाउँस्थित महाकाली बाल विद्यालयमा अध्ययनरत माधव कलौनी रहेका छन् ।

विद्यार्थीको मृत्युपछि प्रहरीले कुटपिटमा संलग्न भएको अभियोगमा सो विद्यालयका चार शिक्षकलाई आइतबार विहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा विद्यालयका प्रिन्सिपल यशोदा जोशी, शिक्षकहरु लक्ष्मण भट्ट, दुर्गादत्त पाठक र हर्क जाग्री रहेका छन् । उनीहरुमाथि गत १३ असारमा बालक कलौनीलाई कुटपिट गरेको अभियोग छ ।

कक्षा ९ मा अध्ययनरत उनको गएराति उपचारका क्रममा भारतको रामवर्ती अस्पतालमा मृत्यु भएको हो । कुटपिटबाट कलौनीको दायाँ खुट्टा भाँचिनुका साथै टाउको र छातीमासमेत गहिरो चोट लागेको थियो ।

विद्यालय बाहिर साथीभाईसँग झगडा गरेको विषयलाई लिएर शिक्षकहरुले उनीमाथि कुटपिट गरेका बताइएको छ । बालकका बाबु बृरस्पती कलौनीले शिक्षकले कुटपिट गरेको विषयमा आफूहरूले १८ असारमै प्रहरीमा उजुरी दिएको तर तत्कालै आरोपी शिक्षकलाई पक्राउ नगरेको बताए ।

मृत्यु कुटपिट

विशेष