संघीय समाचार प्रदेश २

जनप्रतिनिधि नै विकासका बाधक हुन थाले 

जनप्रतिनिधि नै विकासका बाधक हुन थाले 

काठमाडौं । दुई दशकपछि स्थानीय निर्वाचन हुँदा जनतामा ठूलो उत्साह देखिएको थियो । निर्वाचनपछि विकास निर्माणको कार्यले गति लिने अपेक्षा राखेका जनताले आफैंले चुनेको प्रतिनिधि स्वार्थी र बेइमान देखिन थालेपछि विश्वासघात महशुस गर्न थालेका छन् । 

 

धनुषाको हंसपुर नगरपालिकामा विकासका लागि विनियोजित करिब १ करोड रुपैयाँ  जनप्रतिनिधिकै स्वार्थका कारण फिर्ता हुने अवस्थामा आएको छ । 

 

तराई मधेस समृद्धि शीर्षकमा प्रदेश सरकारबाट प्राप्त ९० लाख रुपैयाइँको आयोजना नगरप्रमुख रामज्ञान मण्डलको स्वार्थका कारण कार्यान्वयनमा आआउन नसकेको उपप्रमुख रेणु झाले बताइन् । 

 

नगरप्रमुख रामज्ञान मण्डलले आफूले फाइदा पाउने नभएपछि योजना कार्यान्वयनमा नल्याउँदा ९० लाख रुपैयाँ फिर्ता हुने अवस्था आएको छ, उपप्रमुख झाले भनिन, ‘जनताको हितमा काम गर्न आएको अर्को १४ लाख पनि जालझेल गरी नगरप्रमुखले कुम्ल्याएका छन् । नगरप्रमुखको अनियमिततामाथि छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गरेकी छु । ’ 

 

उपप्रमुख झाका अनुसार सफ्टवेअर जगानका नाममा १४ लाख रुपैयाँ निकास गरि पनि नगरक्षेत्रभित्र कुनै पनि सफ्टवेअर प्रयोगमा देखिएको छैन ।

यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 

विशेष