आइफा अवार्डः पैसा दिने निर्णय भएको छैन–पर्यटन बोर्ड
काठमाडौं । इन्टरनेसनल इन्डियन फिल्म एकाडेमी (आइफा) अवार्ड वितरण कार्यक्रम काठमाडौंमा गर्न नेपालले पैसा दिने भन्ने समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै नेपाल पर्यटन बोर्डले अहिलेसम्म पैसा दिने सम्झौता नभएको स्पष्ट पारेको छ ।
तर यस्ता कार्यक्रम गर्दा आर्थिक सहयोग नगरी पनि नहुने आशयसमेत बोर्डको छ । एक सातायाता नेपालका विभिन्न सञ्चारमाध्यमले आइफा अवार्डका लागि नेपालले १ अर्ब रुपैयाँ लगानी गर्न लागेको खबर प्रकाशन गरिरहेका छन् ।
बोर्डले नेपालमा आइफा अवार्ड आयोजनाका लागि सरकोकारवाला पक्षसँग विभिन्न चरणमा छलफल भए पनि रकमै दिनेगरी सम्झौता भइनसकेको दाबी गरेको हो ।
बोर्डका पदाधिकारीले यो कार्यक्रमलाई पैसा दिनै खनोजिएको भन्न भने सकेनन् । ‘आयोजनामा लाग्ने नगद तथा अन्य सौजन्यलगायतका खर्चको विषयमा आधिकारिक निर्णय अहिलेसम्म भएको छैन । पूर्वतयारीका विषयमा यकिन गर्न बाँकी छ, आइतबार बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक दीपकराज जोशीले भने ।
यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।