साउन १ गतेदेखि पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी
काठमाडौँ । पेट्रोलियम ढुवानी व्यवसायी महासंघको केन्द्रीय कार्यसमिति बैठकले सरकारलाई व्यवसायीका माग सम्बोधन नगरे साउन १ गतेदेखि ढुवानी ठप्प बनाउने चेतावनी दिएको छ । पाँच बुँदे माग प्रस्तुत गर्दै महासंघले माग पूरा गर्न चेतावनी दिएको हो ।
महासंघको केन्द्रीय कार्यसमिति बैठकले अझै एक वर्ष ट्याङ्करहरु भ्याटमा दर्ता हुन नसक्ने पनि निष्कर्ष निकालेको छ । ट्याङकरहरु बैंक ऋणमा रहेको ऋण सकेर भ्याटमा जान समय लाग्ने व्यवसायीको तर्क छ ।
महासंघले ट्याङ्करहरु भ्याटमा जानका लागि हाल सञ्चालनमा रहेका ट्याङ्करहरुको ह्रास कट्टी मूल्य तय हुनु पर्ने तथा हाल भ्याटमा दर्ता नभएका त्यस्ता गाडीहरु दर्तापश्चात बिक्री गर्दा भ्याट नलाग्ने व्यवस्था गरिनु पर्ने पनि माग अघि सारेको छ ।